धनकुटा, असोज-२६
नेपाली कांग्रेस धनकुटाले ने.वि. संघ धनकुटाका जिल्ला सभापती बालानन्द दाहाल लाई सभापती तथा कृयाशिल सदस्यता सहित साधारण सदस्य समेत नहरने गरी पार्टिबाट निस्कासन गरेको छ । पार्टीको सिद्धान्त, नियम विपरीत पार्टीको सदस्य हुँदा हुँदै स्वतन्त्र बाट उम्मेदवारी दिएकाे तथा गठवन्धनका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको ठहर गर्दै नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितीको निर्दैशन अनुसार कारबाही गरिएको धनकुटाका सभापतीद्धारा जारी गरेको विज्ञप्तीमा जनाईएको छ । दाहालले धनकुटा प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रदेश सभाका लागि उम्मेद्वारी दिएका थिए ।

दाहालले कारबाही लाई स्वभाविक रुपमा लिएको वताएका छन । गठबन्धन भित्र कै दलहरुका व्यक्तिहरुले स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्दै हिडेका कारण आफुले उम्मेद्वारी दिएको र फिर्ता नलिने वताए ।