मंसिर-१५, २०७८ धनकुटा ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट २१ वर्षिय करुणा कटुवाल महाधिबेशन प्रतिनिधिमा विजयी भएकी छन् ।
महाधिवेशन केन्द्रिय प्रतिनिधि प्रत्यक्ष महिला तर्फ ५ सय ५९ मत ल्याई उनी प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिकी सभापति रहेकी छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत धनकुटा जिल्ला महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणम सार्वजनिक भएको छ ।
मत परिणम अनुसार पूर्व जिल्ला सभापती हरिकुमार राई ,निर्वतमान सभापती अग्नी प्रसाद पौडेल, मनोहर नारायण श्रेष्ठ, निर्वमान उपसभापती नविनकिशोर शाक्य, आनन्दसन्तोषी राई, अजित नारायणसिंह थापा, लेखनाथ पौडेल,गंगाराम ढुगांना,थिरेन्द्रबहादुर लिम्बु, खेमराज पौडेल विजयी भएका छन् ।
त्यस्तै केन्द्रिय महाधिबेसन प्रत्यक्ष महिला तर्फ बाट अन्जना ताम्ली,इन्दिरा थापा, करुण कटुवाल र सुमना तिम्सिना विजयी भएका छन् । कटुवाल र तिम्सिना देउवा पक्ष प्यानल बाट उम्मेद्धवमर भएका हुन् । त्यस्तै आदिवासी जनजाती पुरुष तर्फ प्रकास कुमार राई थुलुग र मणिकुमार लिम्बु चेम्जोग,हर्क चेम्जोग, बिजयी भएका छन् ।
आदिवासी जनजाति तर्फ महिला तर्फ मीनाकुमारी राई तुम्वा, लिला सुब्वा, सिता प्रधान विजयी भएका छन् । त्यस्तै समानुपातिक खस आर्य तर्फ दुर्गा सुवेदी र महेन्द्र निरौला विजयी भएका छन् ।
त्यस्तै अल्पसंख्यक अपांग तर्फ उदयबहादुर लिम्बु र दलित तर्फ शिवराज विश्वकर्मा विजयी भएका छन् ।