धनकुटामा एकै दिन थपिए ८४ जना कोरोना पोजेटिभ

जिल्ला अस्पतालको ल्यावमा हिजो ४ गते जम्मा १६५ जनाको पिसिआर परिक्षण गरिएकोमा ८४ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

जसमध्ये धनकुटा नगरपालिकामा १२ जना, महालक्ष्मी नगरपालिकामा १८ जना, पाख्रिवास नगरपालिकामा ५ जना, छथरजोरपाटी गाउँपालिकामा २६ जना, चौविसे गाउँपालिकामा २२ जना, साँगुरीगढी गाउँपालिकामा १ जना गरि जिल्ला भरी ८४ जना कोरोना संक्रमित देखिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमित दर ५०.९% रहेको छ र दैनिक संक्रमित दर बृद्धि भइरहेको समेत देखिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *