माओवादी केन्द्रलाई ‘कम्युनिस्ट ब्रान्ड’ बनाउने कुरा उठ्यो वैठकमा

चैत २, २०७७ धनकुटा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टीलाई कम्युनिस्ट पार्टीको ब्रान्ड ब्राण्ड बनाएर लैजान नेताहरुले सुझाव व्यक्त गरेका छन्।

gaubeshi.com

जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन सकिएको भन्दै बैठकमा बोल्ने केही नेताहरुले अब कम्युनिस्ट पार्टी ब्रान्ड बनाएर समाजवाद सम्मको यात्रा तय गर्न सुझाव दिएका हुन्।

ncell

चैत २ गतेको बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य हेमराज भण्डारीले कम्युनिष्ट ब्रान्डको पार्टी बनाएर त्यसको फेरि नेतृत्व गर्न प्रचण्डलाई सुझाव दिएका हुन ।

‘माओवादी ब्राण्डलाई कम्युनिष्ट ब्रान्डमा परिवर्तन गरौं,’ उनले भने,‘ माओवादी संघर्षको ब्रान्ड थियो, अब कम्युनिष्ट पार्टी भन्ने ब्रान्ड बनाउन सके मात्र नयाँ ठाउँमा योजना र दृष्टिकोण सहित जान सकिन्छ। अहिले मुलुकले खोजेको पनि नयाँ योजना नै हो।’

भण्डारीले अहिले समाजको चरित्र अनुरुपको नेता केपी ओली नै देखियो भन्दै व्यंग्य पनि गरे।

‘समाजले अहिले जस्तो चरित्र खोजेको छ, त्यसमा सुहाउने पात्र ओलीनै रहेछन् अरु होइन,’ भण्डारीले भने।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *