प्रधानमन्त्रीकी ‘छोरी’ ठिल्लेले अभाव र तनावका कारण विद्यालय नै छाडिन्

 प्रधानमन्त्रीदेखि मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरीब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक समय फेशन नै चल्यो । तर ती अभिभावकत्व ग्रहण गरिएका बालबालिकाहरुको अवस्था अहिले कस्तो छ ?

त्यो अभिभावकत्व ग्रहण गर्ने अभिभावकहरुलाई नै थाहा नहोला । किनभने प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाउनुभएकाे मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् ।

३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए । तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।

अभाव र तनावका कारण निकै तिक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुृंगिने चिन्ता समेत बढेको छ । यस्ले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ ।

रारा किनारमा उभिएर गरिएको त्यो अभिभावकत्व

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथी भाईबाट हेपिन पुगेकी छन् ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । तर अहिले २ वर्ष बितिसक्दा पनि पढाई खर्च लगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरे अनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमा समेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाईले जिस्क्याउने गरेका छन् ।

विद्यालय नै जान छाडिन् 

लामा अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तिक्ष्ण भएता पनि पठनपाठनमा आवश्यकता पर्ने स्टेशनरीका सामान कापी, कलम, डे«स, नुहँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *