नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

२ चैत, २०७७

धनकुटा– नेकपा माओवादी केन्द्रले काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको नाम परिवर्तन लगायतका एजेन्डा थिए । शनिबारको बैठकमा नेताहरुले प्रदेशगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *